Section 97
आय विवरण दाखिला गर्न नपर्ने
(१) विभागले लिखित रूपमा आदेश दिएमा वा सार्वजनिक. रूपमा सूचना प्रकाशित गरी आदेश दिएमा बाहेक देहायका कुनै पनि व्यक्तिले दफा ९६ बमोजिम कुनै आय वर्षको आय बिवरण पेश गर्नुपर्ने छैन:-
(क) त्यस्तो आय वर्षमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिमध्ये कर तिर्नु नपर्ने कुनै व्यक्ति,
(ख) त्यस्तो आय वर्षमा दफा ३ को खण्ड (ग) मा उल्लिखित व्यक्ति,
(ग) त्यस्तो आय वर्षमा दफा ४ को उपदफा (३) आकर्षित हुने कुनै बासिन्दा प्राकृतिक व्यक्ति, ».......
(ग१) त्यस्तो आय वर्षमा दफा ९५क. को उपदफा (६ख), (६ग), (६घ) मा उल्लेख भए बमोजिमको आय मात्र हुने बासिन्दा प्राकृतिक व्यक्ति ।
(घ) अनुसूची-१ को दफा १ को उपदफा (१३) बमोजिम कर दाखिला गर्ने सवारी साधन धनी एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्ति भएमा त्यस्तो प्राकृतिक व्यक्ति ।
(ङ) आय विवरण पेश गर्न नचाहने गैर व्यवसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको प्राकृतिक व्यक्ति ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा चालीस लाख रुपैयाँभन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम विवरण पेश गर्नुपर्ने व्यक्तिले समावेश गर्नुपर्ने आयको अतिरिक्त ऐनको दफा ५ को खण्ड (घ), दफा ७ को उपदफा (३), दफा ट को उपदफा (३) को खण्ड (क), दफा ९ को उपदफा ३ को खण्ड (क) र दफा ११ बमोजिमको व्यवसायिक छुट सुविधाबाट प्राप्त आय समेत समावेश गर्नु पर्नेछ ।
तर बैठक भत्ता र व्याज आय समावेश गर्न अनिवार्य हुने छैन ।
(४) उपदफा (३) बमोजिम कायम भएको आयबाट ऐनको दफा ३ को खण्ड (ग) को आय र दफा ११ अनुसार कर छुट प्राप्त आय घटाउनु पर्नेछ ।
तर बैठक भत्ता र व्याज आय समावेश नगरेकोमा घटाउनुपर्ने छैन ।
(५) उपदफा (२) बमोजिम पेश गर्नुपर्ने आय विवरणको ढाँचा .............. विभागले तोके बमोजिम हुनेछ ।